Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रीन कार्ड लटरी कार्यक्रम निलम्बन गरेका छन् । यो निर्णयले संयुक्त राज्य अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा कार्यक्रमलाई स्थगित गर्ने बताइएको छ ।
ट्रम्प प्रशासनले आगामी सन् २०२७ का लागि डाइभर्सिटी भिसा लटरी प्रवेश प्रक्रिया परिवर्तन गर्ने बताएको एक महिनापछि यो कदम चालिएको हो ।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा यो निर्णय लिइएको बताइन् ।
‘यसै कार्यक्रम अन्तर्गत ब्राउन विश्वविद्यालय र एमआईटी गोलीकाण्डका संदिग्धलाई संयुक्त राज्य अमेरिका आउन अनुमति दिएको थियो । यो जघन्य अपराधमा संलग्न व्यक्तिलाई हाम्रो देशमा कहिल्यै पनि अनुमति दिनु हुँदैनथ्यो,’ नोएमले एक्समा पोस्टमा भनेकी छन् ।
डाइभर्सिटी भिसा लटरी, जसलाई प्रायः ग्रिन कार्ड लटरी भनिन्छ । यो कार्यक्रमअन्तर्गत अमेरिकाले प्रत्येक वर्ष ५५,००० सम्म आप्रवासी भिसा उपलब्ध गराउँदै आएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij