Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी

भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी

  • काठमाडौँ । ६.७ म्याग्निच्युडको भूकम्पपछि जापानको उत्तरी तटमा सुनामीको चेतावनी जारी गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जापानी मौसम अधिकारीहरूले भूकम्पका कारण ’समुद्री सतहमा उतारचढाव’ रेकर्ड गरिएको बताएका छन्, यद्यपि हाल कुनै क्षतिको आशंका गरिएको छैन ।

    AGNI GROUP

    जापानको मुख्य टापुको सबैभन्दा उत्तरी प्रान्त, आओमोरी प्रान्तको तटमा रहेका धेरै क्षेत्रहरूबाट ६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

    केही दिन अघि, सोही क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा कम्तिमा ५० जना घाइते भएका थिए । अधिकारीहरूले अर्को, बलियो, परकम्प आउन सक्ने चेतावनी दिएका थिए र मानिसहरूलाई कम्तिमा एक हप्तासम्म उच्च सतर्कतामा रहन आग्रह गरेका थिए ।

    जापानले प्रशान्त तटमा मेगाकम्पको चेतावनी दिएका छन् र आगामी ३० वर्षमा यस्तो भूकम्प आउने सम्भावना ६०–९० प्रतिशत रहेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij