Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मोदी र नेतन्याहूबिच टेलिफोन वार्ता

मोदी र नेतन्याहूबिच टेलिफोन वार्ता

  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबिच बुधबार टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूले मित्र नेतन्याहूसँग कुरा गरेको जानकारी दिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    उनले भारत–इजरायल रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गरेको र दुई देशबिचको सहयोगलाई अझ सुदृढ गर्न सहमति जनाएको उल्लेख गरेका छन् । मोदीले आतंकवादप्रति शून्य सहनशीलताको साझा प्रतिबद्धतालाई पनि दोहोर्‍याएका छन् । 

    AGNI GROUP

    उनले क्षेत्रमा दिगो शान्ति हासिल गर्नका लागि भइरहेका हरेक प्रयासलाई भारतले समर्थन गर्ने बताएका छन् । प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले एक विज्ञप्ति जारी गर्दै दुवै नेताहरूबिच गाजा शान्ति योजनालाई छिट्टै लागू गर्ने विषयमा पनि छलफल भएको जनाएको छ ।

    इजरायली प्रधानमन्त्री कार्यालयले पनि एक्समा दुई नेताहरूबिच न्यानो संवाद भएको र दुवै नेता छिट्टै भेटघाट गर्न सहमत भएको जानकारी दिएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार, इजरायलका भरपर्दो स्रोतहरूले हालै दिल्लीमा भएको बम विस्फोटपछि सुरक्षा चिन्ताका कारण नेतन्याहूले आफ्नो भारत भ्रमण स्थगित गरेको भन्ने रिपोर्टहरूलाई खारेज गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij