Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

  • काठमाडौं । जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति ११ः१५ बजे भूकम्प गएको हो । अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । ३ मिटर अग्ला छालहरू आउन सक्छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो ।

    AGNI GROUP

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ ।

    जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, ‘आफ्नो भूकम्पको तयारीको पुनः मूल्यांकन गर्नुहोस् र भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै खाली हुन तयार रहनुहोस् ।’ लगभग ९० हजार मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij