Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताप्रति ट्रम्पको चिन्ता

नेटफ्लिक्स र वार्नर ब्रदर्सबीचको सम्झौताप्रति ट्रम्पको चिन्ता

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्नर ब्रदर्सको चलचित्र स्टुडियो र एचबीओ स्ट्रिमिङ नेटवर्क प्राप्त गर्न नेटफ्लिक्सले प्रस्ताव गरेको ७२ अर्ब डलरको सम्झौताप्रति चिन्ता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्पले नेटफ्लिक्सको बजार हिस्सा विशाल रहेको र दुई कम्पनीहरूको संयुक्त आकार समस्या हुन सक्ने टिप्पणी गरेका हुन् ।

    AGNI GROUP

    शुक्रबार, दुई कम्पनीले उनीहरूले 'ह्यारी पोटर' र 'गेम अफ थ्रोन्स' जस्ता फ्रान्चाइजीको मालिक वार्नर ब्रदर्स नेटफ्लिक्सले किन्ने सम्झौता भएको थियो ।

    यो प्रस्तावित सम्झौताले उद्योगका केही मानिसहरूमा चिन्ता बढाएको छ । यद्यपि, प्रतिस्पर्धा अधिकारीहरूले सम्झौतालाई अझै अनुमोदन गरेका छैनन् ।

    नेटफ्लिक्स १९९७ मा डीभीडी भाडा व्यवसायको रूपमा सुरु भएको थियो । यो आज संसारको सबैभन्दा ठूलो सदस्यता स्ट्रिमिङ सेवा बनेको छ । यो सम्झौताले नेटफ्लिक्सको स्थितिलाई अझ बलियो बनाउने दाबी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij