Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुटिनलाई मोदीको रुसी भाषामा लेखिएको गीता उपहार

पुटिनलाई मोदीको रुसी भाषामा लेखिएको गीता उपहार

  • काठमाडौँ । भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरेको र गीताको शिक्षाले विश्वभरका लाखौंलाई प्रेरणा दिने बताएका छन् ।

    AGNI GROUP

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको लागि बिहीबार साँझ दिल्ली आइपुगेका हुन् । उनको विमान दिल्लीको पालम विमानस्थलमा अवतरण भयो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

    विमानस्थलमा औपचारिक स्वागत पछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्गमा यात्रा गरेका थिए ।

    युक्रेनसँगको युद्ध पछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणको क्रममा, रुसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij