Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अष्ट्रेलियाले बिहीबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) लाई राज्य-प्रायोजित “आतंकवादको समर्थक” को रूपमा तोकेको छ ।
अष्ट्रेलियाको गुप्तचर एजेन्सी, एएसआइओले गरेको मूल्याङ्कनपछि यो निर्णय गरिएको हो, जसले आइआरजीसीले अष्ट्रेलियाको यहूदी समुदाय विरुद्ध आक्रमण गरेको निर्धारण गरेको छ ।
अष्ट्रेलियाको विदेश मन्त्रालय, गृह मन्त्रालय र महान्यायाधिवक्ताद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ –
एएआइओको मूल्याङ्कनमा सिड्नीको लुइस कन्टिनेन्टल किचेनमा अक्टोबर २०२४ मा र मेलबर्नको एडास इजरायल सिनागोगमा डिसेम्बर २०२४ मा आक्रमण भएको उल्लेख छ ।
विदेश मन्त्रालयले यी आक्रमणहरू अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले गरिएको र तिनीहरूको उद्देश्य डर पैदा गर्नु रहेको बताएको छ ।
अष्ट्रेलियाले २०२५ मा राज्य-प्रायोजित आतंकवादलाई समावेश गर्न फौजदारी संहिता संशोधन गर्यो । यी परिवर्तनहरूले सरकारलाई राज्य-प्रायोजित आतंकवाद विरुद्ध कारबाही गर्न अनुमति दिन्छ ।
यस नयाँ ढाँचा अन्तर्गत अस्ट्रेलियाले यस सूचीमा थपेको पहिलो शक्ति आइआरजीसी हो, जसले आइआरजीसी सँगको सबै व्यवहारलाई अपराधीकरण गर्नेछ ।
आइआरजीसी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स हो । यो १९७९ को इस्लामिक क्रान्ति पछि इरानको क्रान्ति र उपलब्धिहरूको रक्षा गर्ने उद्देश्यले स्थापित एक शक्तिशाली सैन्य बल हो ।
यसले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सिधै रिपोर्ट गर्छ र आफ्नो सेना, नौसेना, वायुसेना र गुप्तचर एकाइहरू मार्फत आन्तरिक र बाह्य खतराहरूको सामना गर्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij