Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाले यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने

अमेरिकाले यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने

  • काठमाडाैँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकका ग्रीन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन् ।

    AGNI GROUP

    बीबीसीका अनुसार जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, रिपब्लिक अफ कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियेरा लियोन, तुर्कमेनिस्तान र तोगो छन् । 

    यो निर्णय वाशिंगटन डीसीमा केही दिनअघि भएको गोलीकाण्डपछि आएको समाचारमा उल्लेख छ । एक अफगान नागरिकले दुई जना नेशनल गार्डमाथि गोली चलाएको आरोप लागेको थियो, जसमा एक गार्डको मृत्यु भएको थियो ।

    पक्राउ परेका रहमानुल्लाह लकनवाल २०२१ मा विशेष आप्रवासन कार्यक्रममार्फत अमेरिकाको भूमिमा पुगेको समाचारमा उल्लेख छ । उक्त कार्यक्रम अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्तीसँगै जोखिममा परेका अफगान नागरिकलाई संरक्षण दिने उद्देश्यले सुरु गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij