Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पुरुष भएको भन्दै विश्वकै सबैभन्दा बलियो महिलाको उपाधि खोसियो

पुरुष भएको भन्दै विश्वकै सबैभन्दा बलियो महिलाको उपाधि खोसियो

  • काठमाडौँ । अमेरिकी खेलाडी जेमी बुकरको विश्वकै सबैभन्दा बलियो महिलाको उपाधि खोसिएको छ । विश्वकै सबैभन्दा बलियो महिला प्रतियोगिताका आयोजकहरूले बुक जैविक रूपमा पुरुष भएको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नोभेम्बर २३ मा बुकरले उपाधि जितेकी थिइन् । उनलाई हटाइएपछि, बेलायतकी एन्ड्रिया थम्पसनलाई अब विश्वकै सबैभन्दा बलियो महिला घोषित गरिएको छ ।

    AGNI GROUP

    टेक्सासमा गत हप्ता भएको कार्यक्रममा बुकरले थम्पसनलाई झिनो मतले पराजित गर्दै उपाधि जितेकी थिइन् । प्रतियोगिताका आयोजकहरूले खेलाडीहरूले जन्मको समयमा आफ्नो जैविक लिङ्गसँग मेल खाने श्रेणीमा मात्र भाग लिन सक्ने बताएका छन् ।

    धेरै अन्तर्राष्ट्रिय खेलकुद संघहरूले पहिले नै ट्रान्सजेन्डर खेलाडीहरूको लागि फरक नीतिहरू लागू गरिरहेका बेला यो घटना बाहिर आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij