Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्सको मुख्यालयमा आक्रमण

पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्सको मुख्यालयमा आक्रमण

  • काठमाडौं । सोमबार बिहान पाकिस्तानको पेशावरमा रहेको फ्रन्टियर कोर्प्स (एफसी) मुख्यालयमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको फ्रन्टियर कन्स्टेबुलरी मुख्यालयमा आतंककारीहरूले आक्रमण गरेको प्रहरीले पुष्टि गरेको छ ।आक्रमणपछि भारी गोलीबारी भयो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले घटनामा तीन एफसी कर्मचारीको मृत्यु भएको पुष्टि गरे ।

    AGNI GROUP

    पेशावरका प्रहरी अधिकारी मियाँ सईदका अनुसार आक्रमणको बारेमा पूर्ण जानकारी अझै उपलब्ध छैन ।

    यसैबीच, लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार अहिलेसम्म पाँच जना घाइतेलाई अस्पताल ल्याइएको छ, जसमध्ये सबैलाई सामान्य चोट लागेको छ ।

    पेशावर सदरमा रहेको एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा अवस्थित छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij