Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै

  • काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ. अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    AGNI GROUP

    पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाउने र प्रदेश सभा सदस्यहरुको उपस्थिति–अनुपस्थितिको जानकारी दिने कार्यसूची रहेको छ ।

    त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोमबारबाट सुरु भएको सातौं अधिवेशन लगातार ५ दिन चलाउने दलहरुबीच सहमति भएको छ । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij