Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

२०० भन्दा धेरै विद्यार्थीहरू अपहरित

२०० भन्दा धेरै विद्यार्थीहरू अपहरित

  • काठमाडौं । बन्दुकधारीहरूले शुक्रबार मध्य नाइजेरियाको एक क्याथोलिक स्कूलबाट २०० भन्दा बढी विद्यार्थीहरूलाई अपहरण गरेका छन् । यो हप्ता विद्यार्थीहरूको सामूहिक अपहरणको दोस्रो ठूलो घटना हो ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो आक्रमणले नाइजर राज्यको पापिरीमा रहेको सेन्ट मेरी स्कूललाई ​​लक्षित गरेको थियो, जहाँ सुरक्षा खतरा बढेका कारण अधिकारीहरूले पहिले नै धेरै बोर्डिङ स्कूलहरू बन्द गरिसकेका थिए ।

    AGNI GROUP

    नाइजेरियाको क्रिश्चियन एसोसिएसनले शुक्रबार बिहान भएको आक्रमणमा २१५ विद्यार्थी र १२ कर्मचारी अपहरण भएको जनाएको छ ।पछिल्ला केही दिनमा नाइजेरियामा सशस्त्र समूहहरूले यस्ता विद्यालयहरूमा धेरै आक्रमण गरेका छन् ।

    सोमबार पनि नाइजर राज्यको एक बोर्डिङ स्कूलबाट २० भन्दा बढी स्कूले केटीहरूलाई अपहरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij