Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फिलिपिन्समा मेयर बनेकी चिनियाँ महिलालाई मानव बेचबिखनमा आजीवन जेल सजाय

फिलिपिन्समा मेयर बनेकी चिनियाँ महिलालाई मानव बेचबिखनमा आजीवन जेल सजाय

  • काठमाडौँ । फिलिपिन्समा एक चिनियाँ नागरिकले नक्कली नागरिकता लिएर मेयर बनेको खुलेको छ । फिलिपिन्सको एक अदालतले चिनियाँ नागरिक एलिस गुओ र अन्य सात जनालाई मानव बेचबिखनको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    एलिस गुओ फिलिपिन्सको नागरिक भएको ठहर गरेर मनिलाको उत्तरमा रहेको बाम्बानको मेयर बनेकी थिइन्, तर उनी वास्तवमा चिनियाँ नागरिक रहेको खुलेको छ । उनले एउटा ठूलो चिनियाँ अनलाइन जुवा केन्द्र पनि चलाएकी थिइन् जहाँ सयौं मानिसहरूलाई ठगीमा जबरजस्ती लगाइन्थ्यो ।

    AGNI GROUP

    यदि कसैले अस्वीकार गर्‍यो भने, उनीहरूलाई यातना दिइन्थ्यो। प्रहरीले मार्च २०२४ मा उक्त साइटमा छापा मारेको थियो, जहाँ फिलिपिन्स, चीन, भियतनाम, मलेसिया, ताइवान, इन्डोनेसिया र रुवान्डाका ७०० भन्दा बढी नागरिकहरू फेला परेका थिए ।

    कागजातहरूले एलिस गुओ कम्पनीकी अध्यक्ष रहेको खुलासा गरेको छ । अदालतले एलिस गुओ सहित आठ जनालाई मुद्दामा दोषी ठहर गरेको छ। सबै आठ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ।

    ३५ वर्षीया एलिस गुओ गत वर्ष फिलिपिन्सबाट भागेकी थिइन्। उनलाई इन्डोनेसियाली प्रहरीले सेप्टेम्बर २०२४ मा पक्राउ गरेको थियो । फिलिपिन्सको एक अदालतले पहिले नै उनी चिनियाँ भएको कारणले मेयर बन्न अयोग्य भएको फैसला गरेको थियो ।

    एलिस गुओको मुद्दा पछि, राष्ट्रपति फर्डिनान्ड मार्कोसले देशभरि जुवामा पूर्ण प्रतिबन्ध लगाए र सबै विदेशी कामदारहरूलाई निष्कासन गर्ने आदेश दिएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij