Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रहेनन् चलचित्र निर्माता दिलिप पौडेल

रहेनन् चलचित्र निर्माता दिलिप पौडेल

  • काठमाडौं । चलचित्र निर्माता दिलिप पौडेलको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ७४ वर्षको उमेरमा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार राति उनको निधन भएको हो । पौडेल ‘ज्वाला’, ‘जीवन संघर्ष’ लगायतका नेपाली चलचित्रका निर्माता हुन् ।

    AGNI GROUP

    नेपालमै पहिलोपटक कानुनी लेखापढी सेन्टर स्थापना गरेका पौडेलले डिल्लीबजारबाट ‘आनन्द लेखापढी’ सेन्टर सञ्चालनमा ल्याएका थिए । नेपाल लेखापढी कानुन व्यवसायी संघको सस्थापक अध्यक्षसमेत रहेका उनले काठमाडौंको ओम शान्ति चोक, भक्तपुरको डोलेश्वर र इटहरीमा सिम्पानी कबाब घर सञ्चालन गर्दै आएका थिए ।

    पौडेलको बुधबार राति पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट