Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सागर लम्साल निस्किएपछि ‘पाँच पाण्डव’मा भित्रिए सिटौला

सागर लम्साल निस्किएपछि ‘पाँच पाण्डव’मा भित्रिए सिटौला

  • काठमाडौँ । चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको चलचित्रमा कलाकार सिटौलाको इन्ट्री भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘सुशील सिटौला मुख्य भूमिकामध्ये एकमा अनुबन्ध हुनु भएको छ । पाँच पाण्डवमध्ये एकको भूमिकामा काम गर्नु हुनेछ,’ चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले भने, ‘हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो चलचित्रमा भित्र्याएका छौँ ।’

    AGNI GROUP

    उनले अब हरिवंश आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्नेछन् । बलात्कारको आरोपमा पक्राउ परेपछि सागर लम्साल (बले) लाई फिल्म बाट निकालिएको थियो ।

    यो चलचित्रमा केही समयअघि भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी पनि भित्रिएका थिए ।

    काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन् ।

    गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ काम गरिरहेका छन् ।

    चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन् । यस्तै सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया लगायतको पनि मुख्य भूमिका रहने छ ।

    चलचित्र ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।

    प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

    चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन् । चलचित्रको अधिकांश दृश्यहरू झापाका रमणीय र महत्वपूर्ण स्थानहरूमा खिचिनेछ । झापाको सेड्युल सकिएपछि टोलीले अन्य स्थानको लागि यात्रा तय गर्ने निर्देशक निरौलाले बताए ।

    कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो चलचित्रलाई श्याम तामाङले खिचिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट