Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गाजा पट्टीमा इजरायली आक्रमण, २५ प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा इजरायली आक्रमण, २५ प्यालेस्टिनीको मृत्यु

  • काठमाडौं । गाजा पट्टीभर गरिएको इजरायली हवाई र ड्रोन आक्रमणमा कम्तीमा २५ प्यालेस्टिनी  मारिएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ । हमासद्वारा सञ्चालित मन्त्रालयका अनुसार गाजा सिटीको पूर्वी जेतौन क्षेत्रमा अवस्थित धार्मिक मामिलासम्बन्धी मन्त्रालयको भवनमा भएको प्रहारमा एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    इजरायली सेनाले भने दक्षिणी शहर खान युनिसमा आफ्ना सैनिकमाथि गोली प्रहार भएको दाबी गर्दै हमासमाथि कारबाही गरिएको जनाएको छ । यो घटनाले पाँच हप्तादेखिको युद्धविराम सम्झौताका शर्त उल्लङ्घन गरेको बताइएको छ । हमासले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    AGNI GROUP

    यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजना अनुमोदन गरेपछि सुरु भएको यो तनावले पछिल्ला केही दिनदेखि देखिएको शान्त स्थितिलाई भंग गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । गाजा सिटी र खान युनिसका विभिन्न स्थानमा गरिएको हवाई आक्रमणमा दर्जनौँ भवन क्षतिग्रस्त भएको गाजा सिभिल डिफेन्सका प्रवक्ता महमूद बस्सालले बीबीसीलाई बताए ।

    जेतौन क्षेत्र रहेको धार्मिक मन्त्रालयको भवनमा भएको प्रहारपछि उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका दुई जनालाई भेटिएको भिडियो समेत सार्वजनिक गरिएको छ । आनादोलु समाचार एजेन्सीले घटनास्थलबाट फेला परेका तीन बालबालिकाका शवहरूका तस्वीरहरू प्रकाशित गरेको छ ।

    गाजा सिटीको शेजाइया क्षेत्रमा मुख्य सडक सलाह अल(दिन नजिक गरिएको ड्रोन आक्रमणमा एक जनाको मृत्यु र कयौँ घाइते भएका छन् । त्यस्तै, त्यही क्षेत्रमा बालबुल परिवारको घरमा भएको ट्यांक प्रहारमा एक जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
    खान युनिसमा भने संयुक्त राष्ट्रको शरणार्थी निकायद्वारा सञ्चालित खेलकुद क्लबमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

    खान युनिसमा इजरायली सैनिकतर्फ केही आतंककारीहरूले गोली हानेपछि जवाफी कारबाहीस्वरूप गाजाभर हमासका सैन्य क्याम्पमाथि प्रहार गरिएको इजरायली सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सो आक्रमणमा हमासको जेतौन बटालियनका कमाण्डर र नौसैनिक इकाईका प्रमुखसमेतलाई लक्षित गरिएको थियो ।

    सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युद्धविरामलाई मजबुत पार्ने उद्देश्यसहित ट्रम्पको गाजा योजना पारित गर्दै ‘बोर्ड अफ पीस’ नामक अन्तरिम शासकीय संरचना र ‘इन्टरनेशनल स्ट्याबिलाइजेशन फोर्सु (क्ष्क्ँ) गठनको अनुमति दिएको थियो । हमासले भने हतियार त्याग्ने सम्भावना नदेखाउँदै  आफ्नो संघर्ष वैध प्रतिरोध भएको दाबी दोहोर्‍याएको छ ।  

    ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमाथि हमासले गरेको आक्रमणमा करिब १२०० जनाको मृत्यु र २५१ जनालाई बन्धक बनाइएपछि इजरायलले गाजामा ठूलो सैन्य कारबाही सुरु गरेको थियो । त्यसपछि गाजामा कम्तीमा ६९ हजार ५०० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । युद्धविराम अवधिमा मात्र २८० जनाको मृत्यु भएको बताइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij