Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हसिना र कमललाई सुपुर्दगी गर्न बंगलादेशको भारतसँग माग

हसिना र कमललाई सुपुर्दगी गर्न बंगलादेशको भारतसँग माग

  • काठमाडौँ । बंगलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो ।

    AGNI GROUP

    विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान खान कमललाई दोषी ठहराएको उल्लेख गर्दै दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन भारतसँग माग गरेको छ ।

    साथै बंगलादेशले मानवता विरुद्धको अपराधमा दोषी ठहरिएका यी व्यक्तिहरूलाई शरण दिने कुनै पनि देशले मित्रवत व्यवहार र न्यायको गम्भीर अवहेलना गर्ने कार्य हुने समेत बताएको छ ।

    बंगलादेशको विदेश मन्त्रालयले भनेको छ- 'हामी भारत सरकारले दुवै दोषीलाई तुरुन्तै बंगलादेशी अधिकारीहरूलाई सुम्पन माग गर्दछौं । यो दुई देशहरू बीचको सुपुर्दगी सन्धि अन्तर्गत भारतको दायित्व हो ।'

    यसअघि पनि बंगलादेशले आधिकारिक रूपमा शेख हसिनाको फिर्ताको लागि अनुरोध गर्ने धेरै पत्रहरू पठाएको छ । यद्यपि, भारतले यी अनुरोधहरूको जवाफ दिएको छैन ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij