Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकामा उडान सेवा सोमबारदेखि सामान्य बन्दै

अमेरिकामा उडान सेवा सोमबारदेखि सामान्य बन्दै

  • काठमाडौं । संयुक्त राज्य अमेरिकामा सरकारी ‘शटडाउन’का कारण लागू गरिएको उडान प्रतिबन्ध हटेपछि देशभरका हवाई उडान अब फेरि नियमित अवस्थामा फर्कने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी संघीय विमान प्रशासन (एफएए)ले आइतबार जारी गरेको विज्ञप्तिमा सोमबार बिहान ६ बजे ९स्थानी समय अनुसार०देखि एयरलाइन्सहरूले आफ्ना सामान्य उडान तालिका अनुसार सेवा सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।

    AGNI GROUP

    एफएएका अनुसार, आपतकालीन रूपमा जारी भएको उडान कमी आदेश विस्तृत मूल्यांकनपछि हटाइएको हो । 

    हालै गरिएको समीक्षाले उडान सुरक्षासम्बन्धी सूचक स्थिर रहेको र वायु ट्राफिक नियन्त्रण केन्द्रमा कर्मचारी अभावका घटना निरन्तर घट्दै गएको देखाएकाले प्रतिबन्ध हटाइएको बताइएको छ ।

    संस्थाले आगामी दिनमा पनि उडान सुरक्षाको अवस्था सतर्कतापूर्वक अनुगमन गरिरहने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij