Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बलिवुडकी प्रख्यात अभिनेत्री कामिनी कौशलको निधन

बलिवुडकी प्रख्यात अभिनेत्री कामिनी कौशलको निधन

  • काठमाडौँ । आफ्नो समयकी प्रख्यात बलिवुड अभिनेत्री कामिनी कौशलको मुम्बईस्थित आफ्नै घरमा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ९८ वर्षकी कामिनी कौशल उमेरसँगै सम्बन्धित रोगबाट पीडित थिइन् । कामिनी कौशलको जन्म फेब्रुअरी २५, १९२७ मा लाहोर (अविभाजित भारत) मा भएको थियो । उनको वास्तविक नाम उमा कश्यप थियो । उनले धेरै बलिवुड फिल्ममा मुख्य अभिनेत्रीको रूपमा काम गरेकी थिइन् । 

    AGNI GROUP

    कामिनी कौशलले १९४० को दशकको मध्यदेखि १९६० को दशकको सुरुवातसम्म धेरै चलचित्रहरूमा मुख्य नायिकाको रूपमा काम गरेकी थिइन् । पछिल्ला वर्षहरूमा, उनले धेरै चलचित्रहरूमा आफूलाई एक बलियो चरित्र अभिनेत्रीको रूपमा स्थापित गरेकी थिइन् र कैयौं टिभी सिरियलहरूमा समेत काम गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij