Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दक्षिण कोरिया र अमेरिका सैन्य तयारी बढाउन संयुक्त अभ्यासमा

दक्षिण कोरिया र अमेरिका सैन्य तयारी बढाउन संयुक्त अभ्यासमा

  • काठमाडौं । दक्षिण कोरियाली र अमेरिकी सेनाहरूले यस हप्ता पूर्वी सागरमा संयुक्त सैन्य अभ्यास गरेमा छन् । जसमा अमेरिकी आणविक–संचालित विमान वाहक समावेश रहेको तथा अभ्यास दुई देशको संयुक्त सुरक्षा संयन्त्र बलियो बनाउने उद्देश्यले गरिएको दक्षिण कोरियाको सेनाले शुक्रबार बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    योन्हाप समाचार एजेन्सीका अनुसार चार दिने यो मङ्गलबारदेखि शुक्रबारसम्म सञ्चालित अभ्यासमा दुवै देशबाट एक दर्जन भन्दा बढी लडाकु र समुद्री गस्ती विमानहरु परिचालन गरिएको थियो । यसै गरी दक्षिण कोरिया तर्फका दुई वटा सुसज्जित लडाकु विमानहरु समावेश थिए ।

    AGNI GROUP

    अमेरिकी पक्षबाट, युएसएस जर्ज वासिङ्टन विमान वाहकले युएसएस रोबर्ट स्मल्स निर्देशित मिसाइल क्रूजर र युएसएस मिलियस र युएसएस शुप एजिसले सुसज्जित विमानहरु समावेश थिए ।

    प्रशिक्षण उत्तर कोरियाविरुद्ध प्रतिरोधलाई बलियो बनाउनका साथै दक्षिण कोरिया–अमेरिका गठबन्धन र दक्षिण कोरिया–अमेरिकी नौसेनाको अन्तरक्रियालाई सुदृढ बनाउनु भएको दक्षिण कोरियाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

    अभ्यासको क्रममा, सहभागी सेनाहरूले एन्टि–सबमरीन वारफेयर, एयर डिफेन्स अपरेसन, र समुद्री रसदसहितका समुद्री अभ्यासहरू सञ्चालन गरेको सेनाले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij