Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रुसमा प्रशिक्षण उडानका क्रममा सु–३० लडाकु विमान दुर्घटना

रुसमा प्रशिक्षण उडानका क्रममा सु–३० लडाकु विमान दुर्घटना

  • काठमाडौं । रुसको करेलिया गणराज्यस्थित प्रियोनेझ्स्की जिल्लामा प्रशिक्षण उडानका क्रममा सु–३० लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    क्षेत्रीय प्रमुख आर्टुर परफेन्चिकोभका अनुसार गोला बारुद बिना नियमित तालिम उडान गरिरहेको क्रममा विमान जंगल क्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

    AGNI GROUP

    टास समाचार एजेन्सीले उद्धृत गरेको रूसी रक्षा मन्त्रालयको भनाइअनुसार विमान आवासीय बस्तीबाट टाढा खसेपछि थप क्षति हुनबाट जोगिएको छ । दुर्घटनामा मृत्यु भएका १५९औँ उड्डयन लडाकु रेजिमेन्टका पाइलटका परिवारप्रति समवेदना व्यक्त गर्दै परफेन्चिकोभले आवश्यक सबै सहयोग उपलब्ध गराइने बताए ।

    दुर्घटना भएपछि आपत्कालीन सेवाका टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij