Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण कोरियाका पूर्व गुप्तचर प्रमुख पक्राउ

दक्षिण कोरियाका पूर्व गुप्तचर प्रमुख पक्राउ

  • काठमाडौं । दक्षिण कोरियाका राष्ट्रिय गुप्तचर सेवाका (एनआइएस) पूर्व प्रमुख चो ताई–योङलाई महाभियोग लगाइएका राष्ट्रपति युन सुक–योलको असफल ‘मार्शल ल’ योजनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सियोल केन्द्रीय जिल्ला अदालतले चोमाथि प्रमाण नष्ट गर्ने जोखिम रहेको ठहर गर्दै पक्राउ अनुमति दिएको हो । विशेष वकिल चो युन–सुकको टोलीले चोमाथि एनआइएस ऐन उल्लङ्घन, कर्तव्यमा लापरबाही, झुटा बयान, प्रमाण नष्ट गर्ने र झुटा आधिकारिक कागजात बनाएको आरोप लगाउँदै वारेन्ट माग गरेको थियो ।

    AGNI GROUP

    अनुसन्धान अनुसार, चोलाई राष्ट्रपति युनले टेलिभिजनमार्फत ‘मार्शल ल’ घोषणा गर्नुअघि नै उक्त योजनाको जानकारी थियो, तर उनले राष्ट्रिय सभामा त्यसबारे रिपोर्ट गर्न असफल भएको शंका गरिएको छ । उनलाई संसद् र संवैधानिक अदालतमा झुटा बयान दिएको आरोप पनि लगाइएको छ ।

    राष्ट्रपति युनलाई यसअघि गत जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा लिइएको थियो । त्यसपछि संवैधानिक अदालतले अप्रिल ४ मा युनलाई असफल ‘मार्शल ल’ लागू गर्ने प्रयासमा संलग्न रहेको ठहर गर्दै महाभियोग प्रस्ताव स्वीकृत गरी उनलाई पदबाट हटाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij