Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बञ्चरो प्रहार गरी ४६ वर्षीय दाईको हत्या

बञ्चरो प्रहार गरी ४६ वर्षीय दाईको हत्या

  • काठमाडौं । सिन्धुलीमा आफ्नै भाईले ४६ वर्षीय दाई चेत बहादुर बम्जनको बञ्चरो प्रहार गरी हत्या गरेको छ । हत्या  अभियोगमा मरिण गाउँपालिका-३ मथौली बस्ने ४० वर्षीय मान बहादुर बम्जनलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    मान बहादुरले बन्चरोको पासो र खुकुरी प्रहार गर्दा चेत बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले मान बहादुरलाई पक्राउ गरेको हो ।

    दाजुभाइ मदिरा सेवन गर्ने र दैनिक जग्गाका निहुँमा झगडा गरिरहने गरेको स्थानीयले बताएका छन् ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij