Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एयर इन्डिया एक्सप्रेसको विमानमा बमको धम्की

एयर इन्डिया एक्सप्रेसको विमानमा बमको धम्की

  • काठमाडौँ । भारतको मुम्बईबाट वाराणसी जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानमा उडानको बीचमा बमको धम्की आएको छ । यसपछि, वाराणसीको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता घोषणा गरिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    विमानलाई तुरुन्तै आपतकालीन अवतरण गर्न लगाइएको थियो र त्यसपछि अलग्गै राखिएको थियो । सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो, जबकि बम स्क्वाडले विमानको गहन जाँच गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अधिकारीहरूले धम्कीको स्रोतको अनुसन्धान सुरु गरेका छन् । बमको धम्की भएको चेतावनीको कारण आतंक फैलिएको थियो । यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट ओरालेपछि खोजी अभियान सुरु गरिएको थियो। विमान १८२ यात्रु बोकेको थियो।

    AGNI GROUP

    वाराणसीको हाम्रो एउटा उडानमा सुरक्षा धम्की आएको र प्रोटोकल अनुसार, सरकारले नियुक्त गरेको बम धम्की मूल्याङ्कन समितिलाई तुरुन्तै जानकारी गराइएको, सबै आवश्यक सुरक्षा उपायहरू तुरुन्तै सुरु गरिएको एयर इन्डियाले जानकारी दिएको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij