Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हमासले मारेको ११ बर्षपछि भेटियो इजरायली सैनिकको शव

हमासले मारेको ११ बर्षपछि भेटियो इजरायली सैनिकको शव

  • काठमाडौँ । इजरायलले ११ वर्षपछि आफ्नो सैनिक लेफ्टिनेन्ट हदर गोल्डिनको शव फेला पारेको छ । २०१४ मा गाजामा हमासको आक्रमणमा मारिएका हदर गोल्डिन २३ वर्षका थिए ।

    onlinepatrika
    Arghakhachi

    इजरायली रक्षा बलले गोल्डिनको शव पहिचान भएको र उनलाई पूर्ण राज्य सम्मानका साथ गाडिने पुष्टि गरेको छ । उनको अन्त्येष्टिमा हजारौंले भाग लिएका थिए । हमासको सैन्य शाखाले आइतबार युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा गोल्डिनको शव हस्तान्तरण गर्ने घोषणा गरेको थियो । यस सम्झौता अन्तर्गत, हमासले अहिलेसम्म २० जीवित बन्धकहरू र २८ मृत बन्धकहरूमध्ये २४ जनाको शव फिर्ता गरिसकेको छ ।

    AGNI GROUP

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राष्ट्रपति इसहाक हर्जोगले  उनीहरूले विगत ११ वर्षदेखि आफ्नो कार्यालयमा हदर गोल्डिनको तस्बिर राखेको बताएका छन् । नेतन्याहूले भने- 'हामीले उनलाई घर ल्याउने प्रयास कहिल्यै छोडेनौं । मलाई थाहा छ उनको परिवारले कति पीडा भोगेको छ, र आज सम्पूर्ण इजरायल उनको फिर्तीमा एकताबद्ध छ ।'

    सेनाले गोल्डिनको शव खोज्न विगत एक दशकमा ठूलो मात्रामा, गोप्य, जमिन अपरेशन गरिएको थियो, विशेष गरी पछिल्ला दुई वर्षमा जब इजरायल-हमास युद्ध चरम सीमामा थियो ।

    युद्धविराम लागू भएको केही समय पछि, अगस्ट १, २०१४ मा हदर गोल्डिन रफाह (दक्षिणी गाजा) मा आफ्नो युनिटसँग गस्तीमा थिए। गोल्डिन र अन्य दुई सैनिकहरू घटनास्थलमै मारिए, जबकि हमासका लडाकुहरूले गोल्डिनको शवलाई सुरुङमा घिसार्दै लगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij