Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

वन विज्ञान विश्वविद्यालयका सहायक डीन ओझाको निधन

  • चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि सङ्कायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ । उहाँको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो । 
     
    ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनुभएका उहाँको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भएपछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो । 
     
    विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मनु भएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गर्नु भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहनु भएको छ । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उहाँलाई नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाउनु भएको थियो । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij