Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अण्डमान र निकोबार टापुहरू क्षेत्रमा गयो भूकम्प

अण्डमान र निकोबार टापुहरू क्षेत्रमा गयो भूकम्प

  • काठमाडौं । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले आइतबार दिउँसो १२:०६ बजे (आईएसटी) भारतको अण्डमान टापुहरूमा ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु ९० किलोमिटर टाढा रहेको एनसीएसले जनाएको छ । नेपाली समयअनुसार १३:२३ मिनेट देखाएको एनसीएसले भूकम्पको मापन ५.५ रेक्टरस्केल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    हालसम्म क्षतिको विवरण आएको छैन । यसैबीच, जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (GFZ)  ले भूकम्पको तीव्रता ६.०७ रेक्टर स्केल रहेको बताएको छ । संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९ग्क्न्क्० ले अण्डमान र निकोबार टापुहरूमा गएको भूकम्प रेक्टर स्केल ५।५ मापन गरेको जनाएको छ ।

    AGNI GROUP

    अण्डमान र निकोबार टापुहरू विश्वको सबैभन्दा भूकम्पीय सक्रिय क्षेत्रहरू मध्ये एक हुन् र यसलाई क्षेत्र ‘भी’ भूकम्पीय क्षेत्रको रूपमा वर्गीकृत गरिएको छ । पृथ्वी विज्ञान मन्त्रालयले प्रदान गरेको जानकारी अनुसार यस क्षेत्रमा सम्पूर्ण उत्तरपूर्वी भारत, जम्मू र कश्मीरका केही भाग, हिमाचल प्रदेश, उत्तरांचल, गुजरातको रण अफ कुछ र उत्तरी बिहारका केही भाग र अण्डमान र निकोबार टापुहरू पर्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij