Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ऊर्जा र आवासीय क्षेत्रहरूमा रूसी आक्रमणमा छ जनाको मृत्यु

ऊर्जा र आवासीय क्षेत्रहरूमा रूसी आक्रमणमा छ जनाको मृत्यु

  • काठमाडौं । रुसले शुक्रबार राति युक्रेनी ऊर्जा प्रतिष्ठान र आवासीय क्षेत्रहरूमा सयौं क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तिमा छ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    डिनिप्रो शहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् भने जापोरिजियामा तीन जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    रुसले युक्रेनको राजधानी कीभ सहित २५ क्षेत्रहरूलाई निशाना बनाएको थियो । यी आक्रमणहरू पछि, धेरै क्षेत्रहरूमा बिजुली काटिएको थियो ।

    प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले टेलिग्राममा पोल्टाभा, खार्किभ र कीभ क्षेत्रका प्रमुख विद्युत प्रतिष्ठानहरूमा क्षति पुगेको र विद्युत पुनःस्थापना गर्ने प्रयास भइरहेको बताएकी छन् ।

    यसैबीच, रुसी रक्षा मन्त्रालयले आफ्नो सेनाले हिजो राति ७९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

    युक्रेनी वायुसेनाको अनुसार, रुसले ४५० भन्दा बढी बमवर्षक ड्रोन र ४५ वटा मिसाइल प्रहार गरेको थियो । जसमध्ये नौ वटा मिसाइल र ४०६ ड्रोन खसालिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij