Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अस्ट्रेलियाविरुद्ध भारतको अर्को जित, टी-२० सिरिजमा २-१ ले अगाडी

अस्ट्रेलियाविरुद्ध भारतको अर्को जित, टी-२० सिरिजमा २-१ ले अगाडी

  • काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार सम्पन्न खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको हो । भारतले दिएको १६८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १८.२ ओभरमा अल आउट हुदै ११९ रन मात्र बनाएको थियो ।

    AGNI GROUP

    अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले सर्बाधिक ३० रन बनाए भने माथ्यु शर्टले २५ रन बनाएका थिए । त्यस्तै भारतीय बलर वाशिंटन सुन्दरले ३ विकेट लिए भने अक्सर पटेल र शिभम दुबेले २-२ विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले सर्बाधिक ४६ रन बनाएका थिए भने अभिषेक शर्माले २८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र नाथन एलिसले ३-३ विकेट लिएका थिए ।

    यो जितपछि ५ खेलको सिरिजमा भारत २-१ ले अगाडी भएको छ र अब भारतले कम्तिमा यो सिरिज गुमाउने छैन । सिरिजको पहिलो खेल रद्ध भएको थियो भने अस्ट्रेलियाले दोस्रो खेल जितेको थियो । त्यस्तै भारतले तेस्रो खेल जितेको थियो । त्यस्तै सिरिजको अन्तिम खेल आज शनिबार हुने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij