Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी

भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज जारी

  • काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको पहिलो चरणको मतदान आज सुरु भएको छ । १८ जिल्लाका १२१ विधानसभा सिटका लागि बिहान ७ बजे मतदान सुरु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    यस चरणमा १,१९२ पुरुष र १२२ महिलासहित कुल १,३१४ उम्मेदवारहरू चुनावमा उत्रिएका छन् । पहिलो चरणमा १०२ सिट सामान्य वर्गका लागि आरक्षित छन् भने १९ सिट अनुसूचित जातिका लागि आरक्षित छन् । यस चरणमा कुल ३ करोड ७५ लाख १३ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । यसमा १ करोड ९८ लाख ३५ हजार ३२५ पुरुष, १ करोड ७६ ​​लाख ७७ हजार २१९ महिला र ७५८ तेस्रो-लिङ्गी मतदाता समावेश छन् । 

    AGNI GROUP

    बिहार बिधान सभामा २४३ सिट रहेका छन् ।  जसमा दोस्रो चरणमा १२२ सिटको निर्वाचन नोभेम्बर ११ मा हुने तालिका रहेको छ र नोभेम्बर १४ मा मतगणनाको तालिका रहेको छ । 

    यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij