Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १२ जना घाइते भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
इस्लामाबादका प्रहरीले ग्यास सिलिण्डर विस्फोट भएको बताएको छ । सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान ग्यास सिलिण्डर विस्फोट भएको थियो ।
विस्फोटमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij