Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उत्तर कोरियाका सर्वोच्च जनसभाको पूर्वअध्यक्ष किम योङ नामको निधन

उत्तर कोरियाका सर्वोच्च जनसभाको पूर्वअध्यक्ष किम योङ नामको निधन

  • काठमाडौं । उत्तर कोरियाको सुप्रिम पिपुल्स असेम्बली (सर्वोच्च जनसभा) स्थायी समतिका पूर्वअध्यक्ष किम योङ नामको निधन भएको छ । ९७ वर्षको उमेरमा क्यान्सर रोगका कारण नामको निधन भएको उत्तर कोरियाली केन्द्रीय समाचार संस्था केसीएनए वाचले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    ३ नोभेम्बर दिउँसो १२ बजे मृत्यु भएका नेता नामको जन्म विदेशी साम्राज्यवादको औपनिवेशिक कालमा भएको र उनले कठिन अवस्थाको सामना गर्दै आफ्नो युवा अवस्थामा स्वतन्त्रताको स्वागत गरेको केसीएनएले उल्लेख गरेको छ ।

    AGNI GROUP

    १७ वर्षको उमेरदेखि नेता नाम सामाजिक गतिविधि र देशको समृद्धिका लागि समर्पित रहेको समाचारमा जनाइएको छ । ८० बर्से क्रान्तिकारी गतिविधिका क्रममा उनले पार्टी, देश र जनताको समृद्ध ज्ञान र उच्च दायित्वबोधका साथ गणतन्त्रको गौरवशाली इतिहासलाई अगाडि बढाएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij