Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पश्चिमी मेक्सिको

मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या

मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या

मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ ।

  • काठमाडौँ । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ । उनी उरुआपान शहरका मेयर थिए । प्रहरीले घटना लगत्तै मेयरलाई अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ । गोलीबारीमा एक नगर परिषद् सदस्य र एक अंगरक्षक पनि घाइते भएका छन्। प्रहरीले आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको बताएको छ । 

    AGNI GROUP

    संघीय सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले मेयरलाई गोली हान्न प्रयोग गरिएको हतियार यस क्षेत्रमा कार्यरत दुई अपराध संगठनहरूको भएको बताएका छन् । राजनीतिक र संगठित अपराध हिंसाका कारण मेक्सिकोमा राजनीतिज्ञहरूमाथि आक्रमण सामान्य हुदै गएको छ ।

    मेयरको हत्याको कारण अझै थाहा स्पष्ट भएको छैन । मिचोआकान मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्यहरू मध्ये एक मानिन्छ र लामो समयदेखि यस क्षेत्रमा प्रभुत्वको लागि विभिन्न गिरोह र लागूपदार्थ तस्करहरू बीच झगडा हुने गरेको छ । 

    गत महिना मात्र, उरुआपानका मेयरले राष्ट्रपति शेनबाउमलाई संगठित अपराध समूहहरू र आपराधिक गिरोहहरू विरुद्ध कारबाही गर्न अपील गरेका थिए । मेयरले मिचोआकानका गभर्नर र राज्य प्रहरी विभाग विरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लगाएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij