Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

मेक्सिकोमा स्टोरमा आगलागी, २३ जनाको मृत्यु

  • काठमाडौं । मेक्सिकोको उत्तरपश्चिमी राज्य सोनोराको राजधानी हर्मोसिलोमा रहेको एक स्टोरमा भएको ठूलो आगलागी र विस्फोटमा धेरै बालबालिकासहित कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त आगलागीमा १२ जना गम्भीर घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । यो घटना शहरको डाउनटाउन क्षेत्रमा रहेको भाल्डोज स्टोरमा भएको हो । सोनोराका गभर्नर अल्फोन्सो दुराजोले सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा घटनाको पुष्टि गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

    AGNI GROUP

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले यस भयानक दुर्घटनामा प्रियजन गुमाउने सबै परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij