Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रुसमा युक्रेनले गर्‍यो ठुलो ड्रोन आक्रमण

रुसमा युक्रेनले गर्‍यो ठुलो ड्रोन आक्रमण

रातभरको आक्रमणमा बन्दरगाह जलेर ध्वस्त भएको छ ।

  • काठमाडौं । आइतबार राति युक्रेनले रुसमाथि ठुलो ड्रोन आक्रमण गरेको छ । आक्रमणमा तुआप्से बन्दरगाह र कृष्ण सागरमा रहेको रुसी तेल ट्याङ्करलाई निशाना बनाइएको थियो । रातभरको आक्रमणमा बन्दरगाह जलेर ध्वस्त भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो आक्रमणलाई युक्रेनले हालै गरेको सबैभन्दा ठुलो आक्रमण मानिएको छ । क्रास्नोडारको दक्षिणी क्षेत्रका अधिकारीहरूका अनुसार तुआप्से बन्दरगाहमा रहेको तेल ट्याङ्करमा यूएवी (मानवरहित हवाई सवारी साधन) का टुक्राहरू खसेर माथिल्लो डेकमा क्षति पुगेको छ । जहाजमा आगो लागेको भए पनि चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

    AGNI GROUP

    यसवर्ष युक्रेनी ड्रोनहरूले तुआप्से बन्दरगाहमाथि बारम्बार निशाना बनाइरहेको छ । हालैका महिनाहरूमा, युक्रेनले रुसको इन्धन आपूर्ति र सैन्य रसद संयन्त्रलाई बाधा पु¥याउन आक्रमणको तीव्र पारेको छ । रुसी रिफाइनरीहरू, इन्धन डिपोहरू र पाइप लाइनहरूमा बारम्बार गरिएका यी आक्रमण युक्रेनी पावर ग्रिडमा रुसको आक्रमणको प्रतिक्रिया हो । 

    यसैबिच बन्दरगाह भवनहरू र अन्य आवश्यक पूर्वाधारहरू पनि क्षतिग्रस्त भएको र यसले गर्दा त्यहाँका मानिसहरूको लागि अवस्था अझ कठिन बनेको क्रास्नोडार प्रशासनले बताएको छ । यसअघि शनिबार, युक्रेनले मस्को क्षेत्रमा रहेको रुसी सेनालाई इन्धन आपूर्ति गर्ने एउटा महत्त्वपूर्ण इन्धन पाइपलाइन नष्ट गरेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij