Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । इजरायली आक्रमणका कारण दक्षिणी लेबनानमा एक नगरपालिका कर्मचारीको मृत्यु भएको छ । युद्ध विमानहरूले बिहीबार दक्षिणी लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेका हुन् ।
लेबनान–इजरायल सीमाबाट करिब १ हजार मिटर टाढा रहेको ब्लिदा गाउँमा घुसपैठ गरेका इजरायली कमाण्डो फोर्ससँगको गोली हानाहानमा एक नगरपालिका कर्मचारीको मृत्यु भएको लेबनानी अधिकारीहरूले पुष्टि गरेका छन् ।
लेबनानी सेना कमाण्ड–मार्गदर्शन निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अक्टोबर ३०, २०२५ को बिहान ब्लिदा–मार्जेयुन क्षेत्रमा रहेको नगरपालिका भवन वरिपरि गोली चलेको र सो क्रममा एक कर्मचारीको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।’
गाजा युद्धपछि उत्पन्न हिजबुल्लाह–इजरायल टकराव अन्त्य गर्ने उद्देश्यले नोभेम्बर २७, २०२४ मा अमेरिका–फ्रान्सको मध्यस्थतामा युद्ध विराम सम्झौता भएको भए पनि पछिल्ला आक्रमणले उक्त सम्झौतामा पुनः तनाव चुलिएको संकेत गरेको विश्लेषकहरूले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij