Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अमेरिका र इरानबीच फेरी वार्ताको प्रयास, कतारले गर्दैछ मध्यस्थता

अमेरिका र इरानबीच फेरी वार्ताको प्रयास, कतारले गर्दैछ मध्यस्थता

  • काठमाडौँ । अमेरिका र इरानबीच फेरी एक पटक वार्ता गराउने पहल शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कतारले इरान र अमेरिकालाई वार्ताको टेबलमा ल्याउने प्रयास गरिरहेको बताएको छ । मिडिया रिपोर्टका अनुसार कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल-थानीले आफ्नो देशले इरान र अमेरिकालाई वार्ताको टेबलमा फिर्ता ल्याउने प्रयास गरिरहेको बताएका हुन् ।

    AGNI GROUP

    यस वर्ष, ओमानले इरान र अमेरिकाबीच अप्रत्यक्ष वार्तामा मध्यस्थता गरेको थियो । इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भएको थियो, तर १२ दिनको युद्धमा इजरायल र त्यसपछि अमेरिकाले इरानमा आक्रमण गरेपछि तेहरानले अमेरिकासँगको वार्ता रद्द गरेको थियो । अमेरिकी आक्रमणको प्रतिक्रियामा, इरानले कतारको अमेरिकी हवाई अड्डामा मिसाइल आक्रमण गरेको थियो, जसको कतारले सुरक्षा परिषद्मा विरोध गरेको थियो ।

    अमेरिका र इजरायलको इरानको परमाणु केन्द्रहरु ध्वस्त गरेको दाबी गरेपनि इरानले केन्द्रहरुमा क्षति नपुगेको वा आफ्ना परमाणु हतियार बचाएको अड्कलबाजी गरिएको छ ।

    अर्कोतर्फ, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानले सक्रिय रूपमा युरेनियम संवर्धन नगरेको बताएका छन् । यद्यपि, उनको अनुसार, इरानको युरेनियम संवर्धन केन्द्र नजिकै केही गतिविधि देखिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij