Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले सुडानी शहर अल-फाशेर कब्जा गरेपछि र्यापिड सपोर्ट फोर्स (आरएसएफ) का लडाकुहरूले मुख्य अस्पतालमा सयौं सर्वसाधारणको हत्या गरेको बताएका छन् ।
डब्ल्यूएचओ प्रमुख टेड्रोस गेब्रेयससले भने – एजेन्सी “अल-फशेर अस्पतालमा ४६० जनाको मृत्युको खबरबाट स्तब्ध र गहिरो दुःखी” छ ।
यसअघि, सुडान डाक्टर्स नेटवर्कले मंगलबार आरएसएफका लडाकुहरूले “बिरामीहरू, उनीहरूका आफन्तहरू र अन्य व्यक्तिहरू सहित अस्पतालमा उपस्थित सबैलाई क्रूरतापूर्वक मारे” भनी बताएको थियो ।
डाक्टरहरूको सञ्जालले संख्या भने दिएन तर शहरका धेरै अस्पतालहरू “मानव वधशाला” मा परिणत भएको बताएको छ ।
सुडान डाक्टर्स नेटवर्कले पनि आरएसएफलाई चार डाक्टर सहित छ जना स्वास्थ्यकर्मीको अपहरण गरेको आरोप लगाएको छ । सुडानको दक्षिणी डार्फरको राजधानी अल-फशेर, आरएसएफ विरुद्ध टिक्ने अन्तिम शहर हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij