Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एउटा विज्ञापनका कारण ट्रम्पले फेरि क्यानडामाथि कर बढाए

एउटा विज्ञापनका कारण ट्रम्पले फेरि क्यानडामाथि कर बढाए

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा कर बढाउने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको निर्णय क्यानाडाको ओन्टारियो प्रान्तले पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई कर विरोधी अभियानको एक भागको रूपमा चित्रण गरेको विज्ञापनपछि आएको हो ।

    AGNI GROUP

    शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले उक्त विज्ञापनलाई “ठगी” भने र वर्ल्ड सिरिज बेसबल च्याम्पियनसिप अघि यसलाई नहटाएकोमा क्यानेडियन अधिकारीहरूको आलोचना गरे ।

    “तथ्यको यो गलत प्रस्तुतीकरण र यो शत्रुतापूर्ण कदमका कारण म क्यानडामा थप १० प्रतिशतले कर बढाउँदैछु,” उनले आफ्नो पोस्टमा लेखे । ट्रम्पले बिहीबार क्यानडासँगको व्यापार वार्ताबाट पछि हटेपछि ओन्टारियोका प्रधानमन्त्रीले विज्ञापन हटाउने बताएका थिए ।

    क्यानडा एक मात्र जी-७ देश हो जसले अहिलेसम्म अमेरिकासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छैन ।

    अमेरिकाले पहिले नै सबै क्यानेडाली सामानहरूमा ३५ प्रतिशत भन्सार शुल्क लगाइरहेको छ, यद्यपि धेरैजसो सामानहरू अवस्थित स्वतन्त्र व्यापार सम्झौता अन्तर्गत छुट दिइएका छन् ।

    यसबाहेक, अमेरिकाले केही विशिष्ट क्षेत्रहरूमा फरक(फरक शुल्क लगाएको छ, जसमा धातुहरूमा ५० प्रतिशत शुल्क र अटोमोबाइलहरूमा २५ प्रतिशत शुल्क समावेश छ ।

    ओन्टारियो सरकारद्वारा प्रायोजित यो विज्ञापनमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले ‘करले हरेक अमेरिकीलाई हानि पुर्‍याउँछ’ भनेको चित्रण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij