Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भारतीय फिल्म र टिभीका दिग्गज सतीश शाहको निधन

भारतीय फिल्म र टिभीका दिग्गज सतीश शाहको निधन

  • काठमाडौं । बलिउड अभिनेता सतीश शाहको ७४ वर्षको उमेरमा शनिबार हिन्दुजा अस्पतालमा निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    उनको दाहसंस्कार आइतबार बिहान ११ बजे गरिने भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । हालसालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    AGNI GROUP
    शाहले टिभी कार्यक्रम ‘साराभाई भर्सेस साराभाई’बाट प्रसिद्धि हासिल गरे । उनले ‘मैं हूँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६), र ‘ओम शान्ति ओम’ (२००७) लगायत धेरै लोकप्रिय फिल्ममा पनि देखिएका थिए ।

    सन् २००८ मा, उनले अर्चना पुरण सिंहसँग टिभी कार्यक्रम ‘कमेडी सर्कस’मा न्यायाधीशको रूपमा काम गरे ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले शाहको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका छन् । मोदीले लेखेका छन्, ‘सतीश शाह जीको निधनले अत्यन्तै दुःखी छु । उनलाई भारतीय मनोरञ्जनको एक वास्तविक दिग्गजको रूपमा सधैं सम्झिइनेछ । उनको सहज हास्य प्रतिभा र अविस्मरणीय प्रदर्शनले अनगिन्ती जीवनमा मुस्कान ल्यायो । उनको परिवार र प्रशंसकप्रति समवेदना ।’

    उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ । अन्तिम संस्कार आज आइतबार बिहान ११ बजे गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij