Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध

तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश, सयौ उडान रद्ध

  • काठमाडौँ । १५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको तीव्र हावाले दक्षिणी र मध्य न्युजिल्याण्डमा व्यापक विनाश निम्त्याएको छ । तिब्र हावाका कारण लगभग ९० हजार घरहरूमा बिजुली गुमेको छ भने १०० भन्दा बढी घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय मौसम सेवाले क्यान्टरबरी, वेलिंग्टन, नेल्सन र मार्लबरो क्षेत्रहरू हावाबाट सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । धेरै क्षेत्रमा रूखहरू र बिजुलीका पोलहरू उखेलिएका छन्, सडकहरू बन्द गरिएका छन् र रेल सेवाहरू अवरुद्ध भएका छन् ।

    AGNI GROUP

    सरकारले प्रभावित क्षेत्रहरूका लागि न्यूजिल्याण्डको सबैभन्दा गम्भीर मौसम चेतावनी श्रेणी जारी गरेको छ । दक्षिण टापुको पहाडी क्षेत्रहरूमा भारी वर्षा र पहिरोको अनुमान गरिएको छ।

    आपतकालीन व्यवस्थापन मन्त्रालयले नागरिकहरूलाई घर भित्रै बस्न, अनावश्यक यात्रा नगर्न र आपतकालीन किटहरू तयार राख्न सल्लाह दिएको छ।

    वेलिंग्टनका मेयर टोरी व्हानाउले भनेका छन्- 'हामी दशकमा एक पटक आउने हावा देखिरहेका छौं । हाम्रा टोलीहरूले सडक र बिजुलीका लाइनहरू खाली गर्न काम गरिरहेका छन्, तर त्यसका लागि समय लाग्नेछ ।'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij