Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । भारतको दिल्लीमा वायु प्रदूषण बढेर खतरनाक तहमा पुगेको छ । मङ्गलबार बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर सूचकाङ्क बढेर ६८० पुगेको छ । यो अति घातकको स्तरको मानिन्छ ।
निर्णय समर्थन प्रणालीको तथ्याङ्कअनुसार दिल्लीको वायु प्रदूषणमा यातायात क्षेत्रले १५.६ प्रतिशत योगदान पुर्याएको र उद्योगहरूसहित अन्य कारकहरूले २३.३ प्रतिशत योगदान पुर्याएका छन् । अर्कोतर्फ, दीपावलीमा पटाका पड्काउने गतिविधिका कारण प्रदूषण बढेको दाबी गरिएको छ ।
प्रदूषण बढेपछि वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्ली–एनसीआरमा श्रेणीबद्ध प्रतिक्रिया कार्य योजनाको चरण २ लागू गरेको थियो । भारत मौसम विज्ञान विभाग र भारतीय उष्णकटिबन्धीय मौसम विज्ञान संस्थानको पूर्वानुमानको आधारमा यो निर्णय लिइएको थियो ।
अक्टोबर १५ मा सर्वोच्च अदालतले दिल्ली–एनसीआरमा दिवाली पूर्वसन्ध्या र दिवालीका दिन बिहान ६ बजेदेखि ७ बजे र राति ८ बजेदेखि १० बजेसम्म निश्चित गरिएको हरियो पटाका बिक्री र फुटाउन अनुमति दिएको थियो ।
वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij