Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

न्यूजील्याण्डविरुद्ध इङल्याण्डको फराकिलो जित

न्यूजील्याण्डविरुद्ध इङल्याण्डको फराकिलो जित

  • काठमाडौं । इङल्याण्डले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा फराकिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा इङल्याण्डले न्यूजील्याण्डलाई ६५ रनले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    इङल्याण्डले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १८ ओभरमा अल आउट हुदै १७१ रन बनाएको थियो । न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ३९ रन बनाए भने कप्तान मिचेल सान्टनरले ३६, मार्क चापम्यानले २८ रन बनाएका थिए ।

    AGNI GROUP

    त्यस्तै इङल्याण्डका बलर आदील रशिदले सर्बाधिक ४ विकेट लिएका थिए भने लुक वूड, ब्रायडोन कार्स र लियाम डावसनले २-२ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै २३६ रन बनाएको थियो । इङल्याण्डका लागि फिल साल्टले सर्बाधिक ८५ र कप्तान ह्यारी ब्रूकले ७८ रन बनाएका थिए । त्यस्तै टम बानटनले २९ र ज्याकोब बेथेलले २४ रन बनाएका थिए ।

    त्यस्तै काइल जामिएसनले २ विकेट लिए भनर जाकोब डफी र माइकल ब्रेसवेलले एक एक विकेट लिएका थिए ।

    यो जितपछि ३ खेलको सिरिजमा इङल्याण्डले १-० को अग्रता लिएको छ । सिरिजको पहिलो खेल बर्षाका कारण रद्ध भएको थियो । सिरिजको तेस्रो खेल विहिबार हुदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij