Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पाकिस्तान-अफगानिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति

पाकिस्तान-अफगानिस्तानबीच तत्काल युद्धविराम गर्ने सहमति

  • काठमाडौं । कतारले पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूबीच दोहामा भएको उच्चस्तरीय वार्तामा तत्काल प्रभावले युद्धविराम लागू गर्ने सहमति भएको बताएको छ ।

    onlinepatrika
    Arghakhachi

    कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ – कतार र टर्कीको मध्यस्थतामा भएको वार्तामा दुवै देशले सीमा क्षेत्रमा स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न प्रणाली स्थापना गर्न पनि सहमति जनाएका छन् ।

    AGNI GROUP

    यसपछि, अर्को चरणमा युद्धविरामको अनुगमन र प्रभावकारी कार्यान्वयनको बारेमा छलफल गर्न दुवै पक्षका समितिहरू दोहा र इस्लामाबादमा भेट्नेछन् ।

    कतारको विदेश मन्त्रालयले यो सम्झौताले पाकिस्तान-अफगानिस्तान सीमामा बढ्दो तनाव कम गर्ने र क्षेत्रीय स्थिरतातर्फ “निर्णायक पहिलो कदम” साबित हुने आशा व्यक्त गरेको छ ।

    जियो टिभीका अनुसार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सम्झौताको पुष्टि गर्दै युद्धविरामले दुई देशबीच जारी सीमा तनाव अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।

    ख्वाजा आसिफले थप वार्ताका लागि दुवै पक्षका प्रतिनिधिमण्डलहरू अक्टोबर २५ मा इस्तानबुलमा फेरि भेट्ने बताए । यसअघि पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्वमा तीन युवा क्रिकेटरसहित धेरै नागरिकको मृत्यु भएको थियो ।

    अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले युद्धविराम उल्लङ्घन गरेको र आक्रमणमा सर्वसाधारण मारिएको दाबी गरेको छ ।

    पाकिस्तानले भनेको थियो – सुरक्षा बलले अफगानिस्तानसँग सीमा जोडिएको उत्तर र दक्षिण वजिरिस्तान जिल्लाको सीमावर्ती क्षेत्रमा ‘आतंकवादी शिविरहरू’ लाई निशाना बनाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij