Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । अफगान तालिबान र पाकिस्तानी सुरक्षा बलबीच जारी द्वन्द्वको विषयमा शुक्रबार कतारको राजधानी दोहामा वार्ता हुनेछ ।
तालिबानको सामाजिक सञ्जाल खाताबाट प्राप्त जानकारी अनुसार, रक्षामन्त्री मौलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको प्रतिनिधिमण्डल र पाकिस्तानका धेरै गुप्तचर तथा सुरक्षा अधिकारीहरूले शुक्रबार दोहामा वार्ता गर्नेछन् ।
यद्यपि, पाकिस्तानले यस विषयमा अहिलेसम्म कुनै विस्तृत जानकारी साझा गरेको छैन ।
बीबीसी उर्दूका अनुसार पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आफ्नो मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै कतारले यो प्रस्ताव गरेको बताएका छन् ।
दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी सेना र तालिबान सरकारी सेनाबीच झडप भएको छ ।
पछिल्ला केही दिनमा सीमा क्षेत्रमा भएको झडपमा दुवै पक्षका धेरैले ज्यान गुमाएका छन् भने धेरै घाइते भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij