Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रियसभा अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान

राष्ट्रियसभा अध्यक्ष दाहाल स्वीजरल्याण्ड प्रस्थान

  • काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल स्वीजरल्याण्ड भ्रमणमा गएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन दाहाल आज जेनेभातर्फ प्रस्थान गरेका हुन् । टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी हुछन् ।

    AGNI GROUP

    यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद सचिवालयले जानकारी दिएको छ ।

    अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन् । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij