Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

इजरायल जानेक्रममा ट्रम्पले भने- गाजा युद्ध सकियो

इजरायल जानेक्रममा ट्रम्पले भने- गाजा युद्ध सकियो

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध सकिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    हमासले बन्धक रिहा गर्ने दिन उनी इजरायल जानेक्रममा ट्रम्पले गाजामा युद्ध समाप्त भएको बताएका हुन् । उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई युद्धविराम जारी रहने र गाजाको लागि शान्ति बोर्ड चाँडै स्थापना हुने बताए ।

    AGNI GROUP

    हमासले इजरायली बन्धकहरूलाई रिहा गर्न सोमबार दिउँसो १२ बजे (स्थानीय समय) सम्मको समय छ । इजरायल आइपुगेपछि, राष्ट्रपति ट्रम्प सोमबार इजिप्टको यात्रा गर्नेछन्, जहाँ उनले विभिन्न देशका नेताहरूसँग गाजाको अवस्थाको बारेमा छलफल गर्नेछन् । ट्रम्पले भनेका छन्- ;हामी सबैलाई खुसी राख्नेछौं... चाहे तिनीहरू यहूदी, मुस्लिम, वा अरब देशहरू हुन्... इजरायल पछि, हामी इजिप्ट जाँदैछौं। त्यहाँ, हामी धेरै शक्तिशाली, ठूला र धनी देशहरूका नेताहरूसँग भेट्नेछौं ।'

    बेलायती प्रधानमन्त्री केयर स्टारमर इजिप्ट पुगिसकेका छन् भने विश्वका कैयौं नेताहरुले यस छलफलमा भाग लिने भएका छन् ।

    ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गर्ने बताइएको छ । उनको भ्रमण गाजामा हमासद्वारा बन्धक बनाइएका इजरायली नागरिकहरूको रिहाइकै समयमा हुने बताइएको छ । टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले नेसेटमा भाषण दिनेछन् र रिहा गरिएका बन्धकहरूसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।   

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij