Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

म्यानमारमा महोत्सवमा प्याराग्लाइडरबाट बम आक्रमण, २४ जनाको मृत्यु

  • काठमाडौँ । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो । 

    AGNI GROUP

    यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो । यो आक्रमण म्यान्मार सरकारले गराएको दाबि गरिएको छ । 

    सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्र संघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij