Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

चौथो स्टेजको क्यान्सरसँग लड्दै अभिनेत्री नफिसा

  • काठमाडौँ । बलिवुडकी वरिष्ठ अभिनेत्री नफिसा अलीले आफुलाई चौथो स्टेजको क्यान्सर भएको जानकारी दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    एक पटक क्यान्सरलाई जितेकी नफिसाले केमोथेरापी सुरु गरेको जानकारी दिदै आफ्नो कपाल खौरिएपछिको तस्बीर सार्बजनिक गरेकी छन् ।

    AGNI GROUP

    नफिसाले नियमित रूपमा आफ्नो उपचार र यसले ल्याउने परिवर्तनहरूको बारेमा सकारात्मक पोस्टहरू साझा गर्ने गरेकी छन् । गत हप्ता, उनले केमोथेरापीको कारणले गर्दा उनी उल्लेखनीय कपाल झर्ने अनुभव गरिरहेको खुलासा गर्ने एउटा तस्बिर साझा गरेकी थिइन् । उनले आफु चाडै तालुखुइले हुने बताएकी थिइन् ।

    उनले यसअघि क्यान्सरलाई जितेर काममा फर्किएकी थिइन् ।  

    ६८ वर्षीया अभिनेत्री नफिसा अली लामो समयदेखि फिल्म उद्योगको हिस्सा रहेकी छिन् । उनले फिल्म मेजर साबमा अमिताभ बच्चनकी श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् । उनले लाइफ इन अ मेट्रो, यमला पगला दिवाना र बेवफा जस्ता फिल्महरूमा पनि काम गरेकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij