Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ- ट्रम्प

हमासले गाजामाथिको नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुन्छ- ट्रम्प

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले गाजामाथिको शक्ति र नियन्त्रण त्याग्न अस्वीकार गरेमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी समाचार च्यानल सीएनएनसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हमास सहमतिमा नआएमा पूर्ण रूपमा ध्वस्त हुने चेतावनी दिएका हुन् ।

    AGNI GROUP

    उनले हमास साँच्चै शान्ति चाहन्छ या चाहदैन भन्ने चाँडै स्पष्ट हुने समेत बताए । ट्रम्पले आफुले युद्धविराम प्रस्ताव वास्तविकतामा परिणत हुनेमा आशावादी रहेको समेत बताएका छन् ।

    यसअघि शनिबार, राष्ट्रपति ट्रम्पले इजरायलले उनको युद्धविराम प्रस्तावमा सहमति जनाएको बताएका थिए भने अब उनी हमासको सहमतिको पर्खाइमा रहेको बताएका थिए ।

    ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासले बन्धक रिहा गर्न ससर्त मन्जुर गरेपनि अन्य प्रस्तावमा अमेरिकासँग वार्ता गर्न चाहेको जवाफ दिएको बताइएको छ । तर यस विषयमा थप कसरी अगाडी बढ्ने भन्ने स्पष्ट भएको छैन ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij